Showing posts with label साहित्यकार परिचय. Show all posts
Showing posts with label साहित्यकार परिचय. Show all posts

Sunday, November 21, 2010

आजीवन साहित्यमा समर्पित पारिजात (सजना गोले तामङ)

साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ।साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।

त्यस्तो साहित्य कहिल्यै वास्ताविक साहित्य बन्न सक्दैन अत: साहित्य त्यो हो जुन आफसे आफ आफै मनभित्रैबाट भावनाको प्रस्फुरण भएपछि मात्र शब्दमा उनिएर आउँछ।अनि हामी त्यसैलाई साहित्यको परिभाषामा विभिन्न नाम, उपनामहरु दिइन्छ।जस्तै कविता, कथा, गीत, नाटक, निबन्घ उपन्यास आदि-आदि त्यसो त साहित्य भावनाको सुन्दर अभिव्यक्तिपूर्ण कला पनि हो ।साहित्य कला र विचारको सुन्दर संयोजन पनि हो। साहित्य समाजको ऐना मात्र नभई राष्ट्र,समाजलाई सहि मार्गनिदेर्शन दिने एउटा सशक्त माध्यम पनि हो ।

Wednesday, November 17, 2010

साहित्यकार चूडामणि शास्त्री (ढकाल) संक्षिप्त परिचय

        नेपाली साहित्यिक क्षेत्रका प्रभावशाली एवं विशिष्ट प्रतिभा चूडामणि शास्त्री (उपाध्याय, ढकाल) को जन्म वि.सं. १९८२ पौष १० गते मेची अञ्चलको इलाम नामसालिङ्मा र देहावसान वि.सं. २०५३ मंसिर २४ गते भारतको नयाँ दिल्लीमा भएको हो । पिता हरिदत्त ढकाल र माता यशोदादेवीका एकमात्र छोरा कवि शास्त्रीले वि.स.२००० देखि २०१६ सालसम्म भारतको आसाम प्रान्तमा प्रवासी जीवन बिताउदै त्यहींबाट आफ्नो साहित्यक यात्रा प्रारम्भ गर्नु भएको पाइन्छ । त्यसपछि लगभग १० वर्ष चितवन र ५ वर्ष निजगढ (बारा) मा रहेर साहित्यको सेवा गर्दै वहाँ २०३१ सालदेखि जीवनपर्यन्त स्थायी रूपले महेन्द्रनगरमा रहदै आउनु भएको थियो । यसरी बसाइमा स्थिरता नभएकाले वहाँका प्रारम्भिक कृतिहरू असम (भारत) तथा त्यस पछि क्रमश चितवन, बारा र महेन्द्रनगरबाट प्रकाशित भएका देखा पर्दछन् ।

             मूलतः विशिष्टाद्वैत वेदान्तबाट प्रभावित कवि शास्त्रीका रचनाहरूमा अध्यात्मवादको सरस प्रवाह पाइन्छ । वहाँका हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरू यसप्रकार छन्—
१. विश्वोद्धारक सन्मार्ग रक्षा (२०१०)
२. दश ब्राह्मण (२०१०)
३. मगरको विधान (२०११)

Friday, August 27, 2010

अवधका मणि प्रकाश राजापुरी

 संविधानमा नेपालीको पहिचान लेखिदेऊ ।
यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।

लेखी देऊ यो नेपालीको, हिमाली सभ्यता ।
भृकुटी, जनक, सीताको सम्मान लेखी देऊ ।।

               प्रसिद्ध गजलकार प्रकाश राजापुरी ,यो नाम मैले धेरै पहिले देखि सुन्दै र पढ्दै आएको हुँ । विषेश गरि जब मैले गजल लेखनमा कलम चलाउन थाले तब देखि यो नाम मेरो उत्सुक्ताको विषय थियो । राजापुरी आज हामी माझ हुनुहुन्न । राजापुरी बहुमुखी र विपुल लेखक हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा मातृभाषा अवधि बाहेक नेपाली, उर्दु, हिन्दी र अंग्रैजी साहित्यमा समेत ठुलो योगदान गर्नु भयो, विषेश गरि गजल विधामा । पाइलै पिच्छे, भेट हुदा छुट्टिदा गजलका शेरहरुमा शायरी गर्न सक्ने राजापुरी साहित्य मानवताको अलंकार, संस्कृतिको श्रृङ्गार, मानविय सभ्यताको आधार र समाजको सच्चा ऐना हो भन्ने गर्नुहुन्थ्यो र यो आजको आवश्यक्ता पनि हो ।
    राजापुरी वि.सं. १९९६ साल भाद्र २३ गते वर्दिया जिल्लाको राजापुरमा पिता महाविरप्रसाद गुप्ता र

Monday, July 12, 2010

भानुभक्त आचार्य

             आदिकवि भानुभक्त आचार्यभानुभक्त आचार्यलाई नेपाली साहित्यका आदिकवि मानिन्छ।  यीनका कृतिहरू पुस्तकाकारमा प्रकाशित भएपछि नेपाली जनजीभ्रोमा बसेका छन्। उनले लेखेका कृतिहरूमा बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तरी आदि हुन्। यिनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन्। यीनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि यिनी साहित्यमा चिनिएका हुन्।
      भानुभक्तको जन्म धनञ्जय आचार्यको पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो। बाजे श्रीकृष्ण आचार्य बाट शिक्षा पाएका यीनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।